सुन र चाँदीको मूल्यमा उतारचढाव, कारण यस्तो

May 17, 2025 05:50 AM Merolagani



यस साता नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उतारचढाव देखिएको छ। उतारचढावका बीच सप्ताहिक रुपमा सुनको मूल्य प्रतितोला ५ हजार ७०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ।

साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, सोमबार ३ हजार ७०० रुपैयाँ घटेर १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार २ हजार रुपैयाँ घटेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन, बुधबार ५०० रुपैयाँ बढेर १ लाख ८५ हजार ३०० रुपैयाँमा, बिहीबार ३ हजार ५०० रुपैयाँ घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा र शुक्रबार ३०० रुपैयाँ बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। समग्रमा यस साता सुनको मूल्य प्रतितोला ५ हजार ७०० रुपैयाँ घटेको छ।

अन्तरराष्ट्रिय बजारमा लगानीकर्तामा परेको सकारात्मक प्रभाव र विश्वव्यापी व्यापारमा देखिएको अनिश्चितता कम हुने संकेत देखिएतापनि अझै धेरै जोखिमहरु बाँकी नै रहनुका साथै अमेरिका र चीनबीच देखिएको व्यापार द्वन्द्व केही मत्थर भएतापनि आर्थिक बजारमा अन्योलता छाएकोले सुनको मूल्यमा उतारचढाव भइरहेको विश्लेषकहरुको भनाइ छ।

यस साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ। आइतबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९४५ रुपैयाँमा कारोबार भएको छ।




ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर गणतन्त्र ढाल्ने राजावादीको योजना !

May 18, 2025 06:03 PM

चैत्र १५ गते तिनकुनेमा भएको हिँस्रक ‘जनआन्दोलन’ पछि रक्षात्मक बनेका राजावादीहरुले अब गणतन्त्र ढाल्नको लागि टुनामुनाको सहायता लिने भएका छन् ।