सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

May 18, 2025 11:05 AM Merolagani



जेठ ४ गते, आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोल १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार, यस्तो सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको हो।

यस दिन चाँदीको मूल्य भने गत शुक्रबार कायम मूल्यमा नै कारोबार हुने भएको छ। संघका अनुसार यस दिन चाँदीको मूल्य तोलाको १ हजार ९४५ रुपैयाँ रहेको छ।




ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर गणतन्त्र ढाल्ने राजावादीको योजना !

May 18, 2025 06:03 PM

चैत्र १५ गते तिनकुनेमा भएको हिँस्रक ‘जनआन्दोलन’ पछि रक्षात्मक बनेका राजावादीहरुले अब गणतन्त्र ढाल्नको लागि टुनामुनाको सहायता लिने भएका छन् ।