उनले कुलमानलाई लक्षित गर्दै भने-प्राधिकरणको शेयर विक्री गर्नुपर्यो। अर्थमन्त्रालयको सहमति लिनुपर्छ । हामी तीन सयमा अहिले बेच्नसक्छौँ भनिसकेपछि आपत्ति जनाएँ । एक त नाफा घाटाको दुविधा छ । अर्कोतिर तीन सयमा बेच्ने, तपाईं छोटो समय बाँकी हुनुहुन्छ ।'
उनले हालको विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा पूर्वएमडी गएपछि नयाँ एमडी आएपछि नभएको बताए । उनले पूर्वएमडी कुलमान घिसिङ एमडी हुँदैका बेलामा बोर्ड निर्णय गरेर प्रस्तावलाई अडिट गर्नुपर्छ भनेको बताए । उक्त समयमै महालेखा परीक्षकले प्राधिकरणको घाटा देखाइरहेको तर तत्कालीन कार्यकारी निर्देशक घिसिङले भने नाफा देखाउनुभएको उल्लेख गरे ।