तत्कालीन सभामुख महरालाई बलात्कार आरोप लगाउने राेशनी मृत फेला

May 25, 2025 05:36 PM mero lagani



तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् ।

उनी आइतबार भक्तपुरकाे बालकाेटमा रहेकाे डेरामा मृत फेला परेकी हुन् । 

२०७६ असोजमा संसद सचिवालयमा कार्यरत राेशनीले तत्कालीन सभामुख महरामाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।

 घटना सार्वजनिक भएपछि महरा लगत्तै पक्राउ परेका थिए । 

तर, अदालती बयानक्रममा राेशनीले आफ्नो प्रारम्भिकबयान फेरेकी थिइन् । र महरालाइ जाेगाउने काम गरेकी थिइन ।

पछि जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो । 

 

 




राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।