हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

May 28, 2025 10:49 AM Merolagani



हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड(HLI)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। इन्स्योरेन्स्ले ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । जेठ १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।




राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।