सान्भि इनर्जीको आईपीओ बाँडफाँट

Jun 09, 2025 03:16 PM Merolagani



जेठ २६ गते, सोमबार, सान्भि इनर्जीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, ठमेल, काठमाडौँमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो।

सो निष्काशनमा कुल २० लाख ४३ हजार २४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ६७४ आवेदन रद्द भएको छ भने २० लाख ३० हजार १५७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल २ लाख ४१ हजार ५३० आवेदकल १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा केही बेरमा https://iporesult.cdsc.com.np/ मा गई हेर्न सकिनेछ।




‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।