१५ दिनको समय दिँदा निष्कासन समय छोट्टिने अनुमान बोर्डको छ। अर्को तर्फ अहिले वैदेशिक रोजगारीमा रहेकाहरूको निष्कासनमा माग भन्दा बढी आवेदन आउन थालेका छन्। पहिलो दिन नै सबै शेयर बिक्री हुने अवस्था छ। जसले गर्दा १५ दिन समय राख्नु नपर्ने अवस्था देखिएकोले पनि समय छोट्टाउन लागिएको हो। तर चार दिनको अवधिमा माग अनुसार आवेदन नपरे भने थप समय दिइने छ। तर कति दिन समय थप्ने भन्ने विषयमा भने बोर्डले निर्णय गरिसकेको छैन।
आम सर्वसाधारणलाई पनि चार दिनको मात्रै समय दिने गरिएको छ। उक्त दिनसम्म पर्याप्त आवेदन नपरे मात्रै समय थप गर्ने गरिएको छ।