सरकारले जलाशययुक्त आयोजना विकासमा जोड दिने हेतुले पनि त्यसको ट्यारिफको नयाँ मोडल ल्याउन लागिएको विद्युत् नियमन आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले आगामी आवदेखि जलाशययुक्त जलविद्युत् परियोजनाको लागि छुट्टै ट्यारिफको मोडेल ल्याउने तयारी गरिएको बताए । ऊर्जा शुरक्षाका हिसावले पनि स्टोरेज परियोजनामा ट्यारीफ मोडल नयाँ ल्याउनुपरेको उनले बताए ।
‘स्टोरेज परियोजनाका लागि हामीले ट्यारीफको मोडेल नै ल्याउने तयारी गरिरहेका छौं, उनले भने, ऊर्जा शुरक्षाका हिसावले पनि त्यस्को बढी आवश्यकता छ ।’ सरकारले विद्युत् उत्पादन वृद्धि गर्न ठूला प्रकृतिका जलाशययुक्त परियोजना निर्माण गर्ने योजना बनाइरहेको छ ।
ऊर्जा विकास मार्गचित्र २०८१ ले समेत जलाशययुक्त परियोजनाको विकासमा जोड दिएकाले त्यसका लागि ट्यारिफको नयाँ मोडेल ल्याउन लागेको धितालले बताए ।