लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिताले दिएको उजुरीका आधारमा श्रीवास्तव पक्राउ

Aug 06, 2025 02:07 PM Merolagani



ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा श्रीवास्तव पक्राउमा परेका हुन ।

मिताले दिएको ११ करोड ५५ लाख रुपैयाँ ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने विरुद्ध जिल्ला प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पूर्जी जारी गरेको थियो । यद्यपि उनिहरुलाई प्रहरिले नियन्त्रणमा लिएको थिएन । साउन २० श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त ब्रोकरसँगको कारोबार लेनदेन विवादकै कारण शेयर कारोबारी दिपेन्द्र अग्रवाल काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिर जमानिमा रिहा भएका छन ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।