उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

Nov 10, 2023 05:48 AM Merolagani


उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) ले कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (कात्तिक २४ गते) अन्तिम दिन रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता शेयर निष्काशन गरेको हो। सो शेयरका लागि लगानीकर्ताले आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

मिर्मिरे लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ बमोजिम २०७० पुस १७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो। २०७१ असोज १३ गते लघुवित्त वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी सोही वर्षको कात्तिक २१ गतेदेखि उन्नति लघुवित्तको नाममा औपचारिक रुपले कारोबार शुरु गरेको थियो। लघुवित्तले सहकार्य लघुवित्तलाई प्राप्त गरी २०७७ असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार गर्दै आएको छ।

हाल लघुवित्तको कारोबार गर्ने मुख्य स्थान सिद्धार्थनगर नगरपालिका वडा नं. १२ भैरहवा, रुपन्देहीमा रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको २८ जिल्लामा ८२ शाखा कार्यालयहरु रहेका छन्।

हाल लघुवित्तको चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुग्नेछ।

comments powered by Disqus

कुन माइक्रोफाइनान्स कुन ब्रोकरको टप होल्डिङमा ? सूचीसहित

Jul 10, 2024 05:58 AM 0

मंगलबार शेयर बजार १५ दशमलब ७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेको छ । मंगलबारको बजारमा धेरै समयपछि लघुवित्त समूहमा उछाल देखिएको छ भने त्यसलाई विकास बैंक समूहले साथ दिएको छ । समग्र नेप्से परिसूचक शून्य दशमलब ५३ प्रतिशतले बढ्दा मंगलबारको बजारमा लघुवित्त समूह सबैभन्दा बढी ३.०६ प्रतिशत र दोस्रोमा विकास बैंक समूह २.४९ प्रतिशतले बढेको छ ।