प्रतिरोध परीक्षणमा
साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्यले प्रतिरोध परीक्षण गरेको छ। सो दिन लघुवित्तको शेयरमूल्य ७७४ रुपैयाँसम्म पुगेको थियो। यद्यपि अन्तिम समयमा भने मूल्य घटेर ७५५ रुपैयाँमा झरेको थियो। हाल लघुवित्तको प्रतिरोध क्षेत्र ७६० देखि ७८० सम्म रहेको छ। आगामी साता लघुवित्तको शेयरमूल्य ओरालो लागेमा ६५० देखि ६७५ को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, सो प्रतिरोध क्षेत्र तोडेर माथि लागेमा लघुवित्तको शेयरमूल्यले ८९० देखि ९१० को क्षेत्रमा अर्को प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता हाबी
यस साता साप्ताहिक रुपमा पनि लघुवित्तको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। यसले सो साता लघुवित्तको शेयरमा खरिदकर्ता हाबी भएको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने लघुवित्तको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन लघुवित्तको शेयरमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।
एआई सिग्नल
हालसम्म मेरोलगानी एआई चार्टले लघुवित्तको शेयरमा दुई सिग्नल दिइसकेको छ र दुबै सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाउन सफल भएका छन्। हाल भने मेरोलगानी एआई चार्टले कुनै सिग्नल दिएको छैन।
बलियो भोल्यूम
यस साता लघुवित्तको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता लघुवित्तको दैनिक औषतमा १९ हजार ६६ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको २० दिने औषत भोल्यूम ६ हजार ९६३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा लघुवित्तको गत साताको दैनिक औषत भोल्यूम १७३.८१ प्रतिशत बढी हो।
बुलिश प्रवृत्ति
यस साता लघुवित्तको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। लघुवित्तको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै शून्य रेखाभन्दा माथि रहेको छ। त्यस्तै, लघुवित्तको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुई बीचको दूरी बढ्दो छ।
खरिदबिक्री चाप सन्तुलनमा
यस साता लघुवित्तको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता लघुवित्तको शेयर खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको लघुवित्तले ३ करोड २८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी बढेपनि लघुवित्तको सञ्चालन खर्च उल्लेख्य बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.४८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत बढेको छ। यद्यपि, लघुवित्तको कर्मचारी खर्च ६ करोड ८९ लाख रुपैयाँबाट बढेर १६ करोड २९ लाख रुपैयाँ, अन्य सञ्चालन खर्च ३ करोड १४ लाखबाट ५ करोड ७१ लाख रुपैयाँ र ह्रासकट्टी खर्च १३ लाख रुपैयाँबाट ३० लाख पुगेसँगै खदु नाफा ऋणात्मक हुन पुगेको हो।
६४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २५ करोड ३ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तको निक्षेप २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने सापटी ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ। त्यस्तै, लघुवित्तको कर्जा ६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु १३९ रुपैयाँ १ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार लघुवित्तको प्राइस टु बुकभ्यालु रेशियो ५.४३ गुणा रहेको छ।
आधारभूत विश्लेषण
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको ६४ लाख १६ हजार १६० कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य ६७३ रुपैयाँ ९६ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य ९०३ रुपैयाँ १० पैसा रहेको छ भने न्यून मूल्य ५४३ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण ४ अर्ब ८४ करोड ४२ लाख ८०० रुपैयाँ रहेको छ।
ब्रोकर ३८ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ३८ ले लघुवित्तको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको १३ हजार ७४४ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ६२ ले लघुवित्तको करिब साढे ८ हजार कित्ता शेयर खरिद गरेको छ। लघुवित्तको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर ६ रहेको छ। यस साता सो ब्रोकरले लघुवित्तको करिब २४ हजार ७७९ कित्ता शेयर बिक्री गरको छ।
मूल्य बढ्ने अपेक्षा बढ्दै
फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले न्यूट्रल जोनबाट विस्तारै ग्रीड जोनतर्फ गइरहेको छ। यसले बजारमा लगानीकर्ताहरुमाझ लघुवित्तको शेयर मूल्य बढ्छ कि भन्ने अपेक्षा बढेको संकेत गर्दछ।
(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)