प्रतिरोध परीक्षणमा
यस साता फाइनान्सको शेयरमूल्यले ५१० देखि ५२० सम्मको प्रतिरोध क्षेत्र परीक्षण गरेको छ। यस साताको पहिलो कारोबार दिन नै फाइनान्सको शेयरमूल्यले सो क्षेत्र तोडेर माथि उक्लिएको थियो। तर, बिक्रीचाप बढेपछि मूल्य पुनः सो क्षेत्रभन्दा तल झर्यो। आगामी दिनमा फाइनान्सको शेयरमूल्यले सो क्षेत्र तोडेर उकालो लागेमा ५९० देखि ६०५ को क्षेत्रमा प्रतिरोधको सामना गर्नेछ। तर ५१० देखि ५२० को क्षेत्रमा प्रतिरोधको सामना गरेर ओरालो लागेमा ४५५ देखि ४६५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।
खरिदकर्ता हाबी
यस साता साप्ताहिक रुपमा फाइनान्सको शेयरमूल्यले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ भने साताको अन्तिम कारोबार दिन हरियो मैनबत्ती बनाएको छ। यसले फाइनान्सको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।
बलियो भोल्यूम
यस साता फाइनान्सको दैनिक औषतमा ४ लाख २ हजार ५७९ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको २० दिने औषत भोल्यूम ७६ हजार १०७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४२८.९६ प्रतिशत बढी हो।
बुलिश प्रवृत्ति
प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडी अनुसार फाइनान्सको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता फाइनान्सको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, फाइनान्सको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, साताको अन्त्यतिर हिस्टोग्रामको उचाई भने केही घटेको छ।
ओभरबट जोनमा
स्टकास्टिक आरएसआई अनुसार फाइनान्सको शेयरमूल्य अहिले ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ताको चाप बढी रहेको संकेत गर्दछ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा फाइनान्स १७ करोड २३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज बढेका कारण फाइनान्सको खुद नाफा ऋणात्मक हुन पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३१.५६ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी २९.७८ प्रतिशत घटेको छ। फाइनान्सको इम्पेरमेन्ट चार्ज १५ करोडबाट बढेर ३३ करोड पुगेको छ। जसका कारण सञ्चालन मुनाफा २४ करोड १९ लाख रुपैयाँ ऋणात्मक भएको छ।
सो अवधिसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ४५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
चैत मसान्तसम्ममा १ अर्ब ८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा फाइनान्सले १३ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
तेस्रो त्रैमाससम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु ११६ रुपैयाँ ३६ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा फाइनान्सको प्राइस टु बुकभ्यालु रेशियो ४.४७ गुणा रहेको छ।
आधारभूत अवस्था
हाल नेप्सेमा फाइनान्सको १ करोड ८ लाख २५ हजार ५६६.०५ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको शेयर प्रतिकित्ता ५२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ५ अर्ब ६२ करोड ९२ लाख ९४ हजार ३४६ रुपैयाँ रहेको छ।
फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ३७२ रुपैयाँ २१ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य ५६८ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३२० रुपैयाँ २० पैसा रहेको छ।
मूल्य बढ्ने अपेक्षा घट्दै
फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले ग्रीड जोनबाट न्यूट्रल जोनमा झरेको छ। यसले लगानीकर्तामा शेयरमूल्य बढ्ने अपेक्षा घट्न थालेको संकेत गर्दछ।
४१ नम्बर ब्रोकरबाट सर्वाधिक खरिदबिक्री
यस साता ब्रोकर नम्बर ४१ ले फाइनान्सको सबैभन्दा बढी शेयर खरिदबिक्री गरेको छ। सो ब्रोकरले यस साता फाइनान्सको ७७ हजार ४४४ कित्ता खरिद गरेको छ भने ५७ हजार ५७० कित्ता शेयर बिक्री गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ३९ ले करिब ४५ हजार कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर नम्बर ८१ ले ४३ हजार कित्ता शेयर बिक्री गरेको छ।
(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)