चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले मदिरा बिक्रीमार्फत २ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास, उत्पादन लागतमा हुन पुगेको वृद्धि, माग तथा खपतमा गिरावटका साथै मदिरा बजारमा बढेको प्रतिस्पर्धा लगायतका कारणहरुले कम्पनीको बिक्री आम्दानी घट्न पुगेको वित्तीय विवरणमा उल्लेख छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ६३.५१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ करोड ४ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४३.८३ प्रतिशत, सञ्चालनबाट हुने कुल आम्दानी ४१.६० प्रतिशत र सञ्चालन मुनाफा ६०.६६ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २१ रुपैयाँ १५ पैसा घटेर १० रुपैयाँ ५० पैसामा झरेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४१.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ७७ पैसा रहेको छ।
२ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५२ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।
![](https://images.merolagani.com/Uploads/Repository/638503114608167230.png)