नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार भईरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, यस दिन सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक हजार ६३० रुपैयाँमा कारोबार भईरहेको चाँदी, आज एक हजार ६४५ रुपैयाँका खरिदबिक्री भईरहेको छ ।
![](https://images.merolagani.com/Uploads/Repository/638502432655082708.png)