उनीहरूले दल दर्ताको लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार उक्त निवेदन दर्ता भइ प्रक्रिया अघि बढेको छ । साथै नयाँ पार्टीको नाम जसपा नेपालबाट हटाई जनता समाजबादी पार्टी मात्र राखिएको छ ।
अशोक राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी,रञ्जु झा,वीरेन्द्रप्रसाद महतो,प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका हुन् । साह वन तथा वातावरण मन्त्री समेत हुन् । जसपा नेपालसँग संघीय संसद्मा १२ सांसद रहेका छन् ।
सो पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् ।
पार्टीबाट प्रतिनिधित्व गर्ने २ मन्त्रीहरु नै २ पार्टीतर्फ लागेपछि एकातर्फ बर्तमान गठवन्धन सरकारको भविश्य के होला भन्ने प्रश्न उब्जिएको छ भने अर्काेतर्फ बर्तमान सत्ता गठवन्धनको भविश्य के होला भन्ने पनि प्रश्न उठिरहेको छ । किनकी अहिले नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले बर्तमान गठवन्धन ढालेर अर्काे गठवन्धन बनाउने प्रयास गरिरहेका छन् । यो अवस्थामा यदि अशोक राई नेतृत्वको नयाँ पार्टीले कांग्रेस गठवन्धनतर्फ ढल्कियो र माधव नेपाल नेतृत्वको समाजवादीले पनि गठवन्धन छोड्यो भने संसदीय अंकगणितबाट वर्तमान गठवन्धन पनि ढल्ने र अर्काे गठवन्धन पनि बन्न नसक्ने अवस्था सृजना भएमा देश मध्यावधितर्फ जानसक्ने आंशका राजनीतिक वृत्तमा शुरु भएको छ ।