गत आर्थिक वर्षमा १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ९२.९४ प्रतिशत धेरै हो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको छ। यसले नाफा बढाउन सहयोग पुगेका देखिन्छ।
वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। कम्पनीका बीमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल १ अर्ब ४१ करोड रुपैयाँ दाबि भुक्तानी गरेको छ।
चालु आर्थिक वर्षमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी १४२.७२ प्रतिशतले बढाएर १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ। गत वर्ष यस्तो आम्दानी ४६ करोड ४२ लाख रुपैयाँ थियो।
हाल ४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
इन्सुरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा छ।