चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.०३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको बिक्री आम्दानी र अन्य आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।
चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१६ प्रतिशत बढी हो। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च भने ४.७६ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ पैसा बढेर ३ रुपैयाँ ४६ पैसा पुगेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ।
४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ।