बाढीले आयोजनामा क्षति पुर्याएपछि बरुण हाइड्रोपावर नोक्सानीमा

May 09, 2024 05:33 AM Merolagani

वरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनी ४ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

२०८० असार २ गतेको बाढीले हेवा खोला साना जलविद्युत आयोजनामा क्षति पुर्याएपछि विद्युत उत्पादन नभएका कारण कम्पनी नोक्सानीमा पुगेको हो।

५२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ४१ पैसा रहेको छ।

comments powered by Disqus

११ बीमा कम्पनी हकप्रदबाट पूँजी बढाउने लाइनमा, ४ बीमा कम्पनीको हकप्रद आवेदन सेबोनमा 'पेन्डिङ'

May 25, 2024 10:59 AM

बीमा प्राधिकरणले तोकेको पूँजी पुर्याउन एकपछि अर्को बीमा कम्पनीले हकप्रद घोषणा गर्न थालेका छन् । एक चरण मर्जर गरेर केही कम्पनीहरुले तोकिएको पुँजी पुर्याए भने कसैले बोनस शेयर दिएरै पुर्याए । अझै पूँजी पुर्याउन नसकेको कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् ।