गैर सञ्चालन आम्दानी घटेपछि ङादी ग्रुपको नाफा घट्यो

May 09, 2024 02:22 PM Merolagani

ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको गैर सञ्चालन आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.०९ प्रतिशत मात्र बढेको छ। तर कम्पनीको गैर सञ्चालन आम्दानी भने ९६.१७ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५४ पैसा घटेर २ रुपैयाँ ५ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६३.९५ गुणा रहेको छ।

comments powered by Disqus

'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।