सामान्य बढ्यो बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा

May 09, 2024 01:50 PM Merolagani

बिन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४५.८९ प्रतिशत बढेर ३० करोड ६७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १०.४५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४.१६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८९ पैसा बढेर ९ रुपैयाँ ४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४३ गुणा रहेको छ।

 
comments powered by Disqus

'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।