सुनको मुल्यमा उच्च बृद्धि, ब्याजदर कटाैती गर्ने अधिकांश बैंकको योजना मुख्य कारण

May 11, 2024 12:17 PM Merolagani

याे साता सुनकाे भाउमा वृद्धि भएकाे छ । हालसम्मकै उच्च विन्दुमा पुगेकाे सुनकाे भाउमा गत साता गिरावट देखिएकाे थियाे । तर यस साता भने पुनः सुन महंगिएकाे हाे ।

यस साता बिश्व बजारमा सुनको मुल्य उच्च दरले बढेको छ । बैंक अफ इंलेण्ड लगायतका ठूला बैंकहरुले ब्याजदरमा भारी कटौती गर्ने संकेत गरेसँगै त्यसको प्रभाव सुन बजारमा पर्न गएकाे हाे । साेही कारण बिहीबारको तुलनामा शुक्रबार एकै दिन मुल्यमा उच्च बृद्धि भएको बिश्लेषकहरुले बताएका छन्।

अर्काेतर्फ, भूराजनीतीक तनाव बढिरहेकाे अवस्थामा पनि सुनकाे भाउ महंगिएकाे हाे । यसकासाथै सुन माथि लगानी गर्दा सुरक्षित भइने भन्दै लगानीकर्ताहरूले लगानी सुनतर्फ थुपारेकाले सुनकाे भाउ बढ्नुमा मद्दत पुगेकाे हाे ।

अर्काेतर्फ,चीनकाे सुन निर्यातमा अपेक्षाभन्दा भारी वृद्धि हुँदा पनि सुनकाे भाउ बढाेत्तरी भएकाे विश्लेषकहरूकाे भनाइ छ । मार्चमा ७.५ प्रतिशतकाे गिरावट भएपछि चीनमा सुनकाे आयात अप्रिलमा १.५ प्रतिशतले वृद्धि भएकाे हाे । विश्व सुन बजारमा चीनले एक महत्वपूर्ण भूमिका खेल्दछ । 

विश्व बजारमा शुक्रबार सुन प्रतिअउन्स ३० डलर बराबरले वृद्धि भएकाे छ । आज सुन प्रति अउन्स २ हजार ३७५ डलरमा खरिदबिक्री हुँदैछ । चाँदीकाे पनि मूल्य बढेर २८ डलर बराबरमा किनबेच भइरहेकाे छ ।

साताभरमा ताेलामै २,५ सयले बढ्याे सुन

अन्तररास्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपाली बजारमा पनि याे साता सुनकाे भाउ उकालाे लागेकाे छ । साताको पहिलो दिन, आइतबार प्रतिताेला एक लाख ३५ हजार ४०० रूपैयाँमा सुन काराेबार भएकाे थियाे । त्यसपछि सुनकाे भाउ निरन्तर रुपमा मंगलबारसम्म बढेको थियाे ।  सुनकाे भाउ तीन दिनमा नै एक हजार रूपैयाँले महंगिएकाे थियाे । मंगलबार सुन प्रतिताेला एक लाख ३६ हजार ४०० रूपैयाँ पुगेकाे थियाे ।

सुनकाे भाउ बुधबार स्थिर रहेकाे थियाे । तर बिहिबार सुन सामान्य घटेको भए पनि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः मुल्य बृद्धि भएको छ । शुक्रबार सुन एकैदिन ताेलामा २ हजार ३०० रूपैयाँले सस्तिएकाे छ । सुन प्रतिताेला एक लाख ३७ हजार ९०० रूपैयाँमा खरिदबिक्री भएकेा छ । साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबारको मुल्य प्रतिताेला २ हजार ५०० रुपैयाँले बढी हो ।

याे मूल्य हालसम्मकाे रेकर्डस्तरभन्दा एक हजार ४ सय रूपैयाँले कम हाे । यसअघि,वैशाख ७ गते, सुनकाे भाउ बढेर ऐतिहासिक उचाइमा पुगेकाे थियाे । त्यस दिन,सुन ताेलामै एक लाख ३९ हजार ३०० रूपैयाँमा खरिदबिक्री भएकाे थियाे । त्यसपछि, सुनकाे भाउमा गिरावट देखिएकाे थियाे ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतिताेला एक हजार ६४० रुपैयाँ रहेको चाँदीकाे मूल्य लगातार दुई दिन वृद्धि भयाे । तर बुधबार स्थिर रहेर चाँदीकाे मूल्य बिहीबार महंगियाे । साताको अन्तिम दिन, शुक्रबार चाँदी महंगिदा ताेलाकाे एक हजार ७३५ रूपैयाँ कायम भयो । साताको पहिलो दिनकाे तुलनामा अन्तिम दिन, चाँदी ताेलामा ९५ रूपैयाँले बढेकाे छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।