सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM Merolagani

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।

बैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७.१४ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका १९ बैंकहरुले, जेठ महिनामा औषतमा ७.०६ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। बैशाख महिनाको तुलनामा जेठमा १९ बैंकहरुको औषत ब्याजदर ०.०७ प्रतिशतविन्दु घटेको हो।

त्यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा ०.०७ प्रतिशतविन्दु घटेको छ।

 

९ बैंकहरुको ब्याजदर स्थिर

जेठ महिनामा ९ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। ब्याजदर स्थिर राख्ने बैंकहरुमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

८ बैंकले घटाउँदा २ बैंकले बढाए

बैशाख महिनाको तुलनामा ८ वाणिज्य बैंकहरुले जेठ महिनाको लागि ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन्। एनएमबि बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले बढाएका छन्।

सबैभन्दा बढी ब्याज दिनेमा एनएमबि र एनआईसी एशिया

जेठ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन्। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.८ प्रतिशतका दरले ब्याज दिने भएका छन्। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ६.८ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

सबैभन्दा कम ब्याजदर भने नेपाल एसबिआई बैंकको रहेको छ। सो बैंकले व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.३९ प्रतिशतका दरले ब्याज दिनेछ।

 

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।