शतप्रतिशत बढ्यो हिमालयन रि इन्स्योरेन्सको नाफा

May 12, 2024 08:56 AM Merolagani

हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो।

खुद बीमाशुल्क र आम्दानी बढेसँगै कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १२३.९६ प्रतिशत बढेको छ भने कुल आम्दानी ९०.५८ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल दाबी भुक्तानी ९४.६१ प्रतिशत र कुल खर्च ८८.८१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५७ पैसा बढेर १२ रुपैयाँ ४१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.१५ गुणा रहेको छ।

१० अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ, विशेष जगेडामा ९२ करोड ११ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७७ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।