नाफासँगै बढ्यो शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

May 12, 2024 06:07 AM Merolagani

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद बीमाशुल्क तथा कुल आम्दानी बढेको र दाबी भुक्तानी तथा खर्च घटेका कारण इन्स्योरेन्सको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १६.०६ प्रतिशत र कुल आम्दानी ३.४४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा २१.६९ प्रतिशत घटेको छ भने कुल खर्च २.५७ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ ६० पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपेयाँ ४९ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड, महाविपत्ती कोषमा १३ करोड ५१ लाख, रिटेन्ड अर्निङ्गमा २६ करोड ११ लाख र अन्य इक्विटीमा ५८ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।