नेपाल वेयरहाउजिङ्गको नोक्सानी बढ्यो

May 13, 2024 07:08 AM Merolagani

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड (NWCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार पछिल्लो ९ महिनामा कम्पनीको नोक्सानी बढ्दो क्रममा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ९९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको ९ महिनासम्म आईपुग्दा १४ करोड २ लाख नोक्सानीमा पुगेको छ।

आम्दानी खासै नबढेको तर खर्च भने बढेका कारण नोक्सानी बढ्न पुगेको हो।

चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ६६ लाख ३६ हजार रुपैयाँ रहेको छ भने कुल खर्च १४ करोड ६९ लाख रुपैयाँ रहेको छ। गहुँ र मकैको सिजन आगामी जेठ र असार महिनाबाट शुरु हुने भएकोले सो सिजनबाट कारोबारमा वृद्धि हुने कम्पनीले बताएको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ १० पैसा रहेको छ।

६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २० करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

११ बीमा कम्पनी हकप्रदबाट पूँजी बढाउने लाइनमा, ४ बीमा कम्पनीको हकप्रद आवेदन सेबोनमा 'पेन्डिङ'

May 25, 2024 10:59 AM

बीमा प्राधिकरणले तोकेको पूँजी पुर्याउन एकपछि अर्को बीमा कम्पनीले हकप्रद घोषणा गर्न थालेका छन् । एक चरण मर्जर गरेर केही कम्पनीहरुले तोकिएको पुँजी पुर्याए भने कसैले बोनस शेयर दिएरै पुर्याए । अझै पूँजी पुर्याउन नसकेको कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् ।