नेपाल दूरसञ्चारको नाफामा सामान्य गिरावट

May 13, 2023 07:37 AM Merolagani

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४३ प्रतिशत मात्र कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ थियो।

कम्पनीको बिक्री आम्दानी घटे पनि अन्य आम्दानी बढेका कारण खुद नाफा झिनो दरले घटेको हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ ग्राहकबाट आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २८ अर्ब २१ करोड ९६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३५.७८ प्रतिशत बढेको छ भने कुल आम्दानी २.०६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ पैसा घटेर ४० रुपैयाँ ९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१९ रुपैयाँ ३० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।