टर्बलेन्समा पर्ने ७३ वर्षीय बेलायती यात्रु जेफ्री किचन हुन् । उनकाे उडानकै क्रममा हृदयघातका कारण मृत्यु भएको थियो । यो घटनापछि बुधबार एयरलाइन्सले अधिकारीलाई अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ । बैंककस्थित सुवर्णभूमि विमानस्थलका महाप्रबन्धक किटिपोङ कित्तिकाचोर्नले सो जानकारी दिएका हुन् ।
मे २० मा, सिंगापुर एयरलाइन्स (SIA)को उडान बोइङ ७७७-३०० इआर विमान लन्डन (हिथ्रो)बाट सिंगापुर जाँदै थियो। सिंगापुर उडेको करिब १० घण्टा पछि उक्त घटना घटेकाे हाे । ३७ हजार फिटको उचाइमा रहेको विमानकाे इरावदी बेसिनमा अचानक गम्भीर टर्बलेन्स भयाे। जसपश्चात पाइलटले मेडिकल इमर्जेन्सी घोषणा गरेका थिए । त्यसपछि विमानलाई बैंककतर्फ मोडिएकाे थियाे।
उक्त विमानमा २११ यात्रु र १८ चालक दलका सदस्य थिए । जसमा तीन भारतीय, अष्ट्रेलियाका ५६, क्यानडाका २, जर्मनीका १, भारतका ३, इन्डोनेसियाका २, आइसल्याण्डका १, आयरल्यान्डका ४, इजरायलका १, मलेसियाका १६, म्यानमारका २, न्यूयोर्कका २३ जना रहेका थिए । विमानमा फिलिपिन्सका २३, जिल्याण्डका ५, सिंगापुरका ४१, दक्षिण कोरियाका १, स्पेनका २, बेलायतका ४७ र अमेरिकाका ४ जना यात्रु रहेका थिए । साे घटनामा घाइते भएका ३० यात्रुको बैंकक अस्पतालमा उपचार भइरहेको छ ।
अनुसन्धानमा साथ दिँदै एयरलाइन्स
एसआईएका प्रमुख कार्यकारी अधिकृत गोह चुन फङले घटनाको अनुसन्धानमा एयरलाइन्सले सम्बन्धित निकायलाई पूर्ण सहयोग गरिरहेको बताएका छन् । उनले गत मे २२ मा सिङ्गापुर पुगेका १३१ यात्रु र चालक दलका १२ सदस्यलाई चाङ्गी विमानस्थलमा स्वागत गरेका थिए ।
गत मे २२ मा राहत उडानबाट सिंगापुर पुगेका १३१ यात्रुहरू र १२ जना चालक दलका सदस्यहरूलाई चाङ्गी विमानस्थलमा सिंगापुर एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत गोह चुन फङ गोहले स्वागत गरेको एयरलाइन्सले जनाएको छ ।
अन्य ७९ यात्रु र ६ जना चालक दलका सदस्य पनि बैंककमै छन् । गोह चुन फोङले एयरलाइन्सको तर्फबाट मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। यात्राको क्रममा यात्रु तथा चालक दलमा पर्न जाने असुविधा प्रति क्षमा माग्दै उनले यो कठिन समयमा सबै सम्भव सहयोग गर्ने बताएका छन् ।
एयरलाइन्सका अनुसार सिंगापुरबाट विशेष एसआइए टोली सहकर्मी र स्थानीय अधिकारीहरूलाई सहयोग गर्न बैंकक आइपुगेको छ। एसक्यू ३२१ का यात्रुहरू र चालक दललाई सबै सम्भावित सहयोग प्रदान गर्ने पनि एयरलाइन्सले प्रतिबद्धता व्यक्त गरेकाे छ ।
एजेन्सीकाे सहयाेगमा ।