गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये सबै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो। बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्ने वातावरण केही सहज भएसँगै गत साताको बजार उकालो लागेको हो।
प्रतिरोध क्षेत्रभन्दा माथि
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक प्रतिरोध क्षेत्रभन्दा माथि बन्द भएको छ। हालको लागि नेप्सेको प्रतिरोध क्षेत्र २०८० देखि २१२५ सम्म रहेको छ। गत साता सो क्षेत्रभन्दा माथि बन्द भएपनि ब्रेकआउटको कन्फर्मेशनको लागि आजको बजार हेर्नुपर्ने हुन्छ। आगामी दिनमा सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा नेप्सेले २२४० देखि २२८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सप्लाई बढेर बजार ओरालो लागेमा भने १९३० देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
खरिदकर्ता हाबी
गत साता साप्ताहिक रुपमा नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। साताका चारै कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको थियो। यसले गत साता बजारमा खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम
गत साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ५० करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४७.८४ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति
यस साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुबै बीचको दूरी फराकिलो बन्दै गएको छ। त्यस्तै, यी दुबै रेखाहरु र हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेका छ।

खरिदबिक्री चाप सन्तुलनमा
साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)