गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो। गत साताको दोस्रो कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो।
गत साताको बजारलाई मंगलबार सार्वजनिक भएको बजेटले प्रभाव पारेको देखिन्छ। लगानीकर्ताहरुको अपेक्षा अनुसार बजेटले पूँजीबजारलाई कुनै सम्बोधन नगरेका कारण बजेटपछिका दिनमा बजार उच्च अंकले घट्न पुगेको हो।
प्रतिरोध सामना गरी फर्कियो
गत साता नेप्सेले २०८० देखि २१२५ को क्षेत्रमा प्रतिरोध सामना गरी तल झरेको छ। यस अनुसार आगामी दिनमा नेप्से घटेमा १९३० देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
बिक्रीकर्ता हाबी
गत साताको अन्तिम दुई कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। त्यस्तै, साप्ताहिक रुपमा पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो कारोबार दिनहरुमा बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।
![](https://images.merolagani.com/Uploads/Repository/638529074659861066.jpg)
बलियो भोल्यूम
नेप्से घटेपनि गत साता भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्युम ५.६७ प्रतिशत बढी हो।
![](https://images.merolagani.com/Uploads/Repository/638529074877259727.jpg)
बुलिश प्रवृत्ति
गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै सकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर एमएसिडी रेखा र सिग्नल रेखा बिचको दूरी घटेको छ भने हिस्टोग्रोमको उचाई पनि घट्दो क्रममा रहेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638529075014882120.jpg)
खरिदचाप बढी
गत साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से ओभरबट जोनमा पुगेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।
![](https://images.merolagani.com/Uploads/Repository/638529075173626838.jpg)
(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)