वित्तीय खर्च घटेपछि रु रु जलविद्युतको नाफामा सामान्य सुधार

May 09, 2024 05:49 AM Merolagani

रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा २.६६ प्रतिशत बढेर ६ करोड ८५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण नाफामा सामान्य सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.१५ प्रतिशत घटेको छ भने कुल नाफा ०.३१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ६८.३२ प्रतिशत र वित्तीय खर्च २८२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४८ पैसा बढेर १८ रुपैयाँ ५४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपेयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.५९ गुणा रहेको छ।

४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १७ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

रिलायन्स स्पिनिङको आइपीओ कम्तिमा ५० कित्ता भर्नु पर्ने जसका लागि ४१ हजार ४० रुपैयाँ चाहिने

Jun 26, 2024 06:32 PM

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृतिसँगै लगानीकर्ताहरुले पैसाको जोहो गर्नुपर्ने भएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको दोस्रो कम्पनी रिलायन्स स्पिनिङकाे लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । न्युनतम ५० कित्ता शेयरकाे लागि आवेदन गर्नुपर्ने हुँदा साे रकम आवश्यक पर्ने भएकाे हाे ।