बुधबार अमेरिकी विदेश मन्त्रालयको प्रेस ब्रिफिङमा विभागका प्रवक्ता म्याथ्यु मिलरले भारतमा चुनावी नतिजाबारे सोधिएको प्रश्नमा भने, ‘प्रधानमन्त्री र उनको गठबन्धनले सरकार बनाउने, यी सबै जनताले रोज्ने कुरा हो । हामी भारतीय जनताको चाहनालाई सम्मान गर्छौँ ।’ बाइडेन प्रशासनले भनेको छ, ‘पहिला जसरी अहिले पनि हामी प्रधानमन्त्री मोदीसँग काम गरिरहने छौँ । भविष्यमा पनि हाम्रो प्राथमिकता यही हुनेछ ।'