प्रि ओपन सेसन अपडेटः साढे १० अंकभन्दा बढी बढ्यो नेप्से

Jul 10, 2024 10:52 AM Merolagani


बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १० अंकभन्दा बढी बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १५.७९ अंक बढेर २१५२.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.७१ अंक बढेर २१६२.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.५२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ६३ स्टकको १०८ पटकको कारोबारमा ८० लाख २२७ रुपैयाँ ८० पैसाबराबरको ७ हजार ८५१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

कुन माइक्रोफाइनान्स कुन ब्रोकरको टप होल्डिङमा ? सूचीसहित

Jul 10, 2024 05:58 AM 0

मंगलबार शेयर बजार १५ दशमलब ७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेको छ । मंगलबारको बजारमा धेरै समयपछि लघुवित्त समूहमा उछाल देखिएको छ भने त्यसलाई विकास बैंक समूहले साथ दिएको छ । समग्र नेप्से परिसूचक शून्य दशमलब ५३ प्रतिशतले बढ्दा मंगलबारको बजारमा लघुवित्त समूह सबैभन्दा बढी ३.०६ प्रतिशत र दोस्रोमा विकास बैंक समूह २.४९ प्रतिशतले बढेको छ ।