यी हुन २ सय रुपैयाँ मुनि कारोबार भइरहेका १८ कम्पनी

Jul 15, 2024 06:49 AM Merolagani


३२ सयबाट घटेर धेरै पछि नेप्से परिसूचकले इन्ट्रा डेमा पुस २६, २०७९ मा बनाएको २२७७.६१ को इन्ट्रा डे हाइलाई आइतबार तोडेको छ । इन्ट्रा डेमा नेप्से परिसूचक २२९०.९५ सम्म पुगेको थियो भने क्लोजिङ बेसिसमा भने आइतबार २२५७.५९ विन्दुसम्म पुगेको छ जुन माघ ३ पछिको नेप्सेको उच्च विन्दु हो ।

१८ सयदेखि २२ सयको बीचमा चलिरहेको नेप्से परिसूचकले भोल्युमसहित अप्पर ब्रेकआउट गर्दा अझै पनि नेप्सेमा सूचीकृत कम्पनीहरु २ सयभन्दा मुनि नै छन् ।

विगतमा नेप्से बियर र्यालीमा जाँदा हाइड्रोपावरका समूहका कम्पनीहरु अंकित मूल्यभन्दा पनि मुनि गएका थिए भने वाणिज्य बैंक समूहका कम्पनीहरु पनि अंकित मूल्यमा धेरै नजिक भएर कारोबार भएका थिए ।

पछिल्लो नेप्से बियर र्यालीमा जाँदा वाणिज्य बैंकका धेरै कम्पनीहरु २ सय मुनि आए भने दुई-तीन वटा बैंकको मूल्य १ सय ५० मुनि नै आए । हाइड्रोपावर र लगानी समूहका केही कम्पनीहरु पनि २ सय मुनि आए तर अंकित मूल्यभन्दा तल गएर कुनै पनि कम्पनीको कारोबार भएन ।

नेप्सेले बटम लगाएर बढ्दै जाँदा ‘लो क्याप’ कम्पनीहरुमा लगानीकर्ताको आकर्षण थियो त्यसैको बलले फाइनान्स कम्पनी र माइक्रोफाइनान्स कम्पनीका शेयर मूल्य माथि पुगे । यी दुइ समूहका शेयरहरु मात्रै कारोबार भएर नेप्से परिसूचक हल्लिन सकेन । त्यसपछि विस्तारै सबै सेक्टरका मिड क्याप कम्पनीहरु समेत चलाउन खोजियो तर चल्न सकेन ।

आइतबारको कारोबारमा भने लगानीकर्ताहरुले आफ्नो रणनीति बदलेर ‘लो क्याप’ को छनोट रणनीतिलाई बदलेर न्यून मूल्यका कम्पनीहरुमा सिफ्ट भएको देख्न सकिन्छ । आइतबारको टप गेनरमा अधिकांश न्यून शेयर मूल्य भएका कम्पनीहरु नै बढेका छन् ।

टेप गेनरमा हाइड्रोपावर कम्पनीकै बाहुल्यता छ भने टप गेनरमा नपरेका कम्पनीहरु त्यसपछि प्रायः वाणिज्य बैंक समूहका छन । आइतबारको टप गेनरमा रिडी हाइड्रोपावर परेको छ जुन १० प्रतिशतले बढेर १८३.७० रुपैयाँमा अन्तिम कारोबार भयो । त्यस्तै हिमाल दोलखा हाइड्रोपावर कमपनी १ सय ४६ रुपैयाँ १० पैसामा ९.९३ प्रतिशतले बढेर अन्तिम कारोबार भयो भने अरुण हाइड्रोपावर १७३.८० रुपैयाँमा ९.३७ प्रतिशत बढेर अन्तिम कारोबार भयो । धेरै कित्ता कारोबार हुने कुम्पनीमा समेत अरुण भ्याली हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, घलेम्दी हाइड्रो र अप्पर तामाकोशी रहेका छन् । आज मात्रै अरुण हाइड्रो र हिमाल दोलखा हाइड्रोपावरको ५ लाख भन्दा बढी कित्ता कारोबार भएको छ भने घलेम्दी हाइड्रो र अप्पर तामाकोशी समेत ४ लाखभन्दा बढी कित्ता कारोबार भएको छ ।

नेप्से परिसूचकले साइडवेज मुभलाई अप्पर ब्रेकआउट दिइसक्दा समेत १८ वटा कम्पनीहरु २ सय रुपैयाँ भन्दा मुनिको मूल्यमा कारोबार भइरहेको छ । आइतबारको अन्तिम मूल्य अनुसार बैंक समूहका ५ वटा कम्पनी, हाइड्रोपावर समूहका १३ वटा कम्पनी र लगानी समूहका एउटा कम्पनी २ सय रुपैयाँ मुनि कारोबार भइरहेको छ । २ सय रुपैयाँ शेयर मूल्य भएका कम्पनी छनोट गर्दा संस्थापक शेयर, म्युचुएल फन्डलाई भने समावेश गरिएको छैन ।

comments powered by Disqus

शेयर बजारमा केही लाख लगाएर करोड कमाउने बेला

Jul 13, 2024 12:49 PM 0

तिलक कोइराला

शेयर बजार अति जोखिमको क्षेत्र हो, धेरैले गुमाउँछन् भन्दाभन्दै पनि कहिलेकाँही यति सुन्दर र आशलाग्दा दृश्यहरु देखिन्छन्, जसलाई अवसरको रुपमा लिएर सुझबुझपूर्ण लगानी गर्नेले जीवनमा कहिल्यै नकमाएको धन सम्पति कमाउँछ। शेयर बजारमा यस्ता अवसरहरु विरलै आउँछन्।