ओलीसँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शपथ लिएका थिए। यसैगरी, उनकाे नेतृत्वको सरकारमा १९ मन्त्रीले पनि शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओली लगायत उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
![](https://images.merolagani.com/Uploads/Repository/638566437175501675.jpg)
प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन्।
प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
![](https://images.merolagani.com/Uploads/Repository/638566436777004955.jpg)
नवनियुक्त मन्त्रीहरू यी हुन् :
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री : प्रकाशमान सिंह
उपप्रधानमन्त्री तथा अर्थमन्त्री ः विष्णु पौडेल
सञ्चारमन्त्रीः पृथ्वी सुब्बा गुरुङ
गृहमन्त्री ः रमेश लेखक
श्रम, रोजगार तथा सामाजिक सुरक्षा : शरदसिंह भण्डारी
परराष्ट्रमन्त्री : डा. आरजु देउवा
खानेपानीमन्त्री : प्रदीप यादव
भूमि व्यवस्था मन्त्री : बलराम अधिकारी
उद्योग मन्त्री : दामोदर भण्डारी
महिला तथा बालबालिकामन्त्री : नवलकिशोर शाह
भौतिक पूर्वाधारमनत्री : देवेन्द्र दाहाल
युवा तथा खेलकुदमन्त्री : तेजुलाल चौधरी
स्वास्थ्य तथा जनसंख्यामन्त्री : प्रदीप पौडेल
कानूनमन्त्री : अजय चौरसिया
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : बद्रीप्रसाद पाण्डे
कृषिमन्त्री : रामनाथ अधिकारी
शिक्षामन्त्री : विद्या भट्टराई
रक्षामन्त्री : मानवीर राई
उर्जा : दिपक खड्का
संघीय व्यवस्थामन्त्री : राजकुमार गुप्ता
बनमन्त्री : ऐनबहादुर शाही ठकुरी