वाणिज्य बैंकहरुले पुनः घटाए ब्याजदर

Jul 15, 2024 09:06 AM Merolagani


वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१३ प्रतिशतविन्दु घटाएका हुन्। असार महिनामा ६.८७ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको औषत ब्याजदर, साउनका लागि घटेर ६.७३ प्रतिशतविन्दुमा झरेको छ।

२० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्।

comments powered by Disqus

शेयर बजारमा केही लाख लगाएर करोड कमाउने बेला

Jul 13, 2024 12:49 PM 0

तिलक कोइराला

शेयर बजार अति जोखिमको क्षेत्र हो, धेरैले गुमाउँछन् भन्दाभन्दै पनि कहिलेकाँही यति सुन्दर र आशलाग्दा दृश्यहरु देखिन्छन्, जसलाई अवसरको रुपमा लिएर सुझबुझपूर्ण लगानी गर्नेले जीवनमा कहिल्यै नकमाएको धन सम्पति कमाउँछ। शेयर बजारमा यस्ता अवसरहरु विरलै आउँछन्।