पाँच वटा ढाेका भएकाे एसयूभी थार रक्स साउन ३१ गते सार्वजनिक हुँदै, यस्ता छन् फिचर

Jul 29, 2024 01:59 PM Merolagani



महिन्द्राको बहुप्रतिक्षित एसयूभी थारको फाइभ डोर भेरियन्ट यहिँ साउन ३१ गते सार्वजनिक हुने भएको छ । कम्पनीले थारको ५ डोर भर्सनलाई रक्स नाम थपेर ल्याउँदै छ । 

भारतकाे स्वतन्त्रता दिवसमा महिन्द्राले ५ ढोका भएको थार लञ्च गर्न लागेकाे छ । यसरी, छिमेकी मुलुक भारतमा सार्वजनिक भएको केही समयमै थार रक्स नेपाल भित्रन सक्नेछ।

भदौ १० गतेबाट हुन गइरहेको नाडा अटो शो २०२४ मा थारको फाइभ डोर भेरियन्ट प्रदर्शनी गरिने भएकाे छ । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले याे गाडी नेपालमा ल्याएर प्रदर्शन गर्न लागेकाे हाे। 

यसको फ्रन्ट फेसमा नयाँ डिजाइनको डबल स्लेट ग्रिल दिइएको छ । यसमा तीन फरक फरक इन्जिन विकल्पहरू छन् । कम्पनीले डेढ लीटर डीजल, २ लीटर टर्बाे पेट्राेल र २.२ लीटर डीजेल इन्जिनकाे विकल्पका साथ बजारमा थार फाइभ ल्याउने भएकाे छ ।

थार फाइब डाेरमा लामाे ब्हीलबेस हुनेछ । यसकाे अर्थ एसयूभी लेडर फ्रेम चेसिसमा आधारित स्काेर्पियाे एन जस्तै हुनेछ । यसकाे क्याबिन भित्र राम्राे ठाउँ पनि रहनेछ ।

थ्री डाेरकाे तुलनामा यसमा कैयाैं अतिरिक्त सुविधाहरू पाउन सकिनेछ । जसमध्ये १०.२५ इन्चकाे ठुलाे टचस्क्रिन, एलइडी प्राेजेक्टर हेडल्याम्प, ३६० डिग्री क्यामरा, पुस बटन स्टार्ट जस्ता फीचरहरू रहेका छन् ।

यसबाहेक फ्रंट  रियर सेन्टर आर्मरेस्ट, लेदरेट सीट अपहेल्स्ट्री, रियर एसी बेंट फीचर पनि रहेकाे छ । यसमा २ बाहेक ६ वटा एयरब्याग र एक सनरूफ पनि उपलब्ध हुनेछ ।

थार फाइब डाेरमा रियर डिस्क ब्रेक पनि पाइनेछ । रेगुल थारमा फ्रन्ट डिस्क ब्रेकमात्र उपलब्ध रहेकाे छ । अर्थात् याे नयाँ थार प्राविधिक रूपमा धेरै एडभान्स हुनेछ ।




comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM 0

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।