श्रीलंकाका विदेशमन्त्री एमयूएम अलि साब्रीले सामाजिक सञ्जाल एक्समा उक्त सूची सार्वजनिक गर्दै लेखेका छन– ‘भिसामुक्त शासनको दिशामा पहिलो कदम ।’ भिसा फ्रि गरिएका ३५ देशको सूचिमा नेपाल १२औं स्थानमा छ ।
यो सूचिको पहिलो नम्बरमा बेलायत, दोस्रो नम्बरमा जर्मनी, तेस्रो नम्बरमा नेदरल्याण्ड्स, चौथो नम्बरमा बेल्जियम तथा पाँचौं नम्बरमा स्पेन छ ।
त्यसपछि क्रमशः अस्ट्रेलिया, डेनमार्क, पोल्याण्ड, काजकिस्तान, साउदी अरेबिया, यूएई, नेपाल, चीन, भारत, इण्डोनेसिया, रसिया, थाईल्याण्ड, मलेसिया, जापान, फ्रान्स, अमेरिका, क्यानडा, चेक रिपब्लिक, ईटाली, स्विट्जरल्याण्ड, अस्ट्रिया, इजरायल, बेलारुस, इरान, स्विडेन, दक्षिण कोरिया, कतार, ओमान, बहराइन तथा न्युजिल्याण्ड रहेका छन् ।