यस्तो अवस्थामा यात्रुको अवस्था के होला ? विमान भित्रको वातावरण कस्तो होला ? सोसल मिडिया प्लाटफर्म रेडिटमा एक यात्रुले यस्तै अनुभव शेयर गरे।
ती यात्रुले पोर्टल्याण्डबाट ज्याक्सन होलको लागि अगस्ट ८ मा उडान गरेका थिए। तर अचानक उनले पाइलटलाई विमान अवतरण गर्ने तरिकाबारे ज्ञान नभएको थाहा पाए ।
![](https://images.merolagani.com/Uploads/Repository/638597741937294853.png)
पाइलटलाई थाहा छैन विमान कसरी अवतरण गर्ने?
पाइलटले जहाजमा रहेका सबै यात्रुहरूलाई जेक्सन होलमा उडान अवतरण गर्न नसक्ने बताएका थिए । ती यात्रुले पाेष्टमा लेखेका छन् , "पाइलटले भनेका थिए 'हामीले हाम्रो उडान साल्ट लेक सिटी, उटाह तर्फ डाइभर्ट गर्नु पर्नेछ। हामी तपाईलाई थप जानकारी दिँदै रहनेछौं।'
यात्रुहरूकाे ३ घण्टाकाे प्रतिक्षा
अन्ततः विमान साल्टलेकमा अवतरण भयाे । तर यात्रुहरूले करिब एक घण्टा कुर्नुपरेको थियाे । केही समयमा नयाँ पाइलट आए र त्यसपछि मात्र उक्त विमान ज्याक्सन होलका लागि उड्याे उडान भरेकाे केहि समयमा जहाज अवतरण भयाे । यात्रुका अनुसार त्यसपछि मात्र सबै यात्रुहरूले सास फेरे ।
उनले भने, ‘हामी निर्धारित समयभन्दा तीन घण्टा ढिलो अवतरण ग-याैं । यसको कारण एक पाइलट थिए जसलाई विमान कसरी अवतरण गर्ने भन्ने थाहा नै थिएन।'
![](https://images.merolagani.com/Uploads/Repository/638597741266642514.png)
उनका अनुसार यो घटना अलास्का एयरलाइन्सको हो । यद्यपि पीपल न्यूजले यो स्काईवेस्ट एयरलाइन्स भएको दाबी गरेकाे छ।
स्काईवेस्ट एयरलाइन्स पक्ष
याे घटना सार्वजनिक भएसँगै स्काईवेस्ट एयरलाइन्सले एक विज्ञप्ति जारी गर्यो। स्काईवेस्ट एयरलाइन्सले पाइलट विमान अवतरण गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरेकाे छ।
'केही कागजी कार्य पूरा गर्न विमानलाई डाइभर्ट गरिएको थियो, हाम्रो एयरलाइन्सका सबै पाइलटहरू विमान उडान र अवतरण गर्न योग्य छन्,' विज्ञप्तीमा लेखिएकाे छ ।
प्राविधिक गल्तीका कारण ज्याक्सन होलबाट उडान डाइभर्ट गरिएको एयरलाइन्सले स्पष्टिकरण दिएकाे छ । 'यसका लागि हामी क्षमाप्रार्थी छौं। भविष्यमा यस्तो नहोस् भनेर एयरलाइन्सले पनि समीक्षा गर्नेछ।', एयरलाइन्सले माफी मागेकाे छ ।
एजेन्सीकाे सहयाेगमा ।