प्रि ओपन सेसन अपडेटः साढे १२ अंक बढ्यो नेप्से

Aug 25, 2024 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १२ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६.०१ अंक बढेर २९७४.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १२.६० अंक बढेर २९८७.०६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.३४ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १०७ स्टकको ३७८ पटकको कारोबारमा २ करोड ४९ लाख ८१ हजार ३३६ रुपैयाँ ७० पैसा बराबरको ५१ हजार ११० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६७ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी २२ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।