प्रि ओपन सेसन अपडेटः साढे ८ अंक बढ्यो नेप्से

Aug 28, 2024 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १११.९६ अंक घटेर २७८२.६० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.४८ अंक बढेर २७९१.०९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०३ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ८० स्टकको १९२ पटकको कारोबारमा १ करोड १७ लाख १५ हजार ७०५ रुपैयाँबराबरको १८ हजार ७२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४४ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी १४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।