एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका बन्दमुखी योजनाहरुको बुकक्लोज मिति तय

Sep 05, 2024 10:01 AM Merolagani



एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार बन्दमुखी योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ एनआईसी एशिया सेलेक्ट ३० (NICSF), एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड (NICFC), एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड् फण्डले भदौ २८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

भदौ १९ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले सो दिन बुकक्लोज गर्ने निर्णय गरेको हो।

एनआईसी एशिया सेलेक्ट ३० फण्डले कर सहित १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत (कर सहित) एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) ले कर सहित ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) ले ९.२५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।