कुमारी क्यापिटलका दुई बन्दमुखि योजनाहरुको बुकक्लोज मिति तय

Aug 29, 2024 06:06 AM Merolagani



कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई बन्दमुखि योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन्।

गत आर्थिक वर्षका लागि इकाईधनीहरुले कर सहित ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका कुमारी इक्विटी फण्ड (KEF) र कुमारी धनवृद्धि योजना (KDBY) ले भदौ १९ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यी कोषहरुको कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेड रहेको छ।




comments powered by Disqus

गभर्नरको ‘सानो कमजोरी’ माथि नेपाली सेनाको ठूलो ‘एक्सन’ !

Aug 26, 2024 05:53 PM

कहिले काँहि ठूला काम गर्दा हुने सानो तिनो कमजोरीको ठूलो परिणाम भोग्नु पर्छ भन्ने पछिल्लो उदाहरण गभर्नर महाप्रसाद अधिकारी र  नेपाल राष्ट्र बैंक बनेका छन् ।