एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका बन्दमुखी योजनाहरुको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 12, 2024 06:25 AM Merolagani



एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार बन्दमुखी योजनाहरुको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २७ गते) बिहीबार अन्तिम दिन रहेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ एनआईसी एशिया सेलेक्ट ३० (NICSF), एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) र एनआईसी एशिया ब्यालेन्स्ड् फण्डले भोली अर्थात भदौ २८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्दैछन्। यस अनुसार आज गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया सेलेक्ट ३० फण्डले कर सहित १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड (NICFC) ले १०.५० प्रतिशत (कर सहित) एनआईसी एशिया ग्रोथ फण्डले कर सहित ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) ले ९.२५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।