नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्ने तयारीमा सरकार, आयोगको अध्यक्षमा डा.बाबुराम भट्टराई !

Sep 08, 2024 03:50 PM mero lagani



सरकारले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउने भन्दै त्यस सम्वन्धि आवश्यक पर्ने सुझाव दिन  उच्चस्तरिय आयोग गठन गर्ने तयारी गरेको छ । 

आयोगको मोडालिटी कस्तो बनाउने भन्ने बारेमा अहिले अर्थमन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ ।

उक्त आयोगलाई आयोग भन्ने कि समिति भन्ने र कस्को नेतृत्वमा को को व्यक्तिलाई राखेर समिति गठन गर्ने भन्ने बारेमा पनि अर्थमन्त्रालयले छलफललाई अगाडि बढाएको छ । अर्थमन्त्री विष्णु पौडेल निकट स्रोतका अनुसार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइकाे नेतृत्वमा आयोग गठन गर्ने सम्भावना प्रवल छ । केही दिन अघि प्रधानमन्त्री केपी ओली र भट्टराइबीच भएको भेटमा पनि त्यसबारेमा छलफलमा भएको र भटराईले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताइएको छ ।

यद्धपि यसबारेमा अझै टुंगो भने लागिसकेको छैन । ‘दशैं अगाडि नै आयोग गठन गर्ने तयारी छ । अहिलेसम्मको अवस्थामा डा.भट्टराइले नै त्यसको नेतृत्व गर्ने सम्भावना छ’ मन्त्रालय स्रोतले मेरो लगानीसंग भन्यो ।

स्मरणरहोस् तत्कालिन अर्थमन्त्री वर्षमान पुनले जेठ १५ पेश गरेको बजेटमा राष्ट्रिय अर्थतन्त्रको सम्भाव्यता विश्लेषणको आधारमा आर्थिक वृद्धिका संवाहक क्षेत्र पहिचान गरी उच्चदरको आर्थिक वृद्धि प्राप्त गर्न र एकीकृत आर्थिक कोरिडोर विकास, डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाइने र त्यस बारेमा सुझाव दिन एक उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिने उल्लेख छ ।

पुन हटेर एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएपछि उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने बारम्बार बताउँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले पनि अर्थतन्त्रका समस्या समाधानका लागि निजीक्षेत्रको सहभागितासहितको उच्चस्तरीय संयन्त्र बनाउन लामो समयदेखि सरकारसँग माग गर्दै आइरहेको छ । त्यही अनुसार अहिले नीजि क्षेत्रलाई समेत समेटेर आयोग गठनको तयारी भएको हो ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।