एसियाका यी देशहरुमा छ सबैभन्दा राम्रो शिक्षाको गुणस्तर

Sep 09, 2024 11:03 AM Merolagani



तपाई विदेश गएर शिक्षा हासिल गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने कुन राष्ट्रमा शिक्षाको गुणस्तर सबैभन्दा राम्रो छ भन्ने तपाईले जान्नु आवश्यक छ ।

हालसालै, सबैभन्दा राम्रो शिक्षा गुणस्तर भएका एसियाका राष्ट्रहरुको सूची सार्वजनिक गरिएको थियो । यो सूचीमा कुन कुन राष्ट्र कतिऔं स्थानमा परेका छन् त ?

१. जापान

वल्र्ड एजुकेशन रेटिङमा एसियाली राष्ट्रहरुमा जापान पहिलो स्थानमा परेको छ । यद्यपी विश्वभरमा भने जापान १३औं स्थानमा परेको छ ।

२.संयुक्त अरब इमिरेट्स (यूएई)

उच्च शिक्षा हासिल गर्नका लागि संयुक्त अरब इमिरेट्स विश्वभरमा १७औं स्थानमा परेको छ । एसियाको सूचीमा भने यो देश दोस्रो स्थानमा रहेको छ ।

३.चीन

शिक्षाको राम्रो गुणस्तर भएका एसियाली राष्ट्रको सूचीमा तेस्रो स्थानमा चीन छ । विश्वमा भने यो देश २० औं स्थानमा रहेको छ । चीनमा सिंघु, पेकिङ, शांघाई जिओ टोंग र फुडन विश्व विद्यालय रहेका छन् ।

४. थाइल्याण्ड

विश्व शिक्षा रेटिङमा थाइल्याण्ड एसियाकै चौथो राम्रो देश मानिन्छ । आफ्नो राम्रो शिक्षा प्रणालीका कारण विश्वमा थाइल्याण्ड २२ औं स्थानमा परेको छ ।

५. इंडोनेशिया

इंडोनेशिया दक्षिण पूर्व एसियामा जनसंख्या र आकार दुबैमा सबैभन्दा ठुलो राष्ट्रमध्येको एक हो । यसैको बराबरीमा इंडोनेशियामा उच्च शिक्षा प्रणाली पनि रहेको छ ।

६. दक्षिण कोरिया

पूर्वी एसियाली राष्ट्र दक्षिण कोरिया यस सूचीको छैठौं स्थानमा रहेको छ । यहाँ सियोल नेशनल यूनिभर्सिटी, कोरिया एडभान्स इंस्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी लगायतका चर्चित शैक्षिक संस्था रहेका छन् ।

७. भारत

विश्वको दोस्रो सबैभन्दा ठुलो उच्च शिक्षा प्रणालीका साथ भारत पनि यो सूचीको सातौं स्थानमा परेको छ । भारत विश्व सूचीमा भने ३०औं स्थानमा रहेको छ ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।