दुई खबर बजारमा आएपछि आर्थिक संकटसँग जुधिरहेको स्पाइसजेटको शेयरमा वृद्धि, लगानीकर्ता भए खुशी

Sep 09, 2024 03:45 PM Merolagani



भारतीय शेयर बजारमा कारोबारको अवधिमा एयरलाइन्स कम्पनी स्पाइसजेटको शेयरमा भारी वृद्धि देखिएको छ । सुरुवातको कारोबारमा यो स्पाइसजेटको शेयर ५.५ प्रतिशतले बढेको थियाे । यो कम्पनीको शेयरमा बढोत्तरी हुँदा ६४.८६ भारतीय रुपैयाँ पुगेको छ ।

बिहान शेयर बजार खुल्दा स्पाइसजेटको शेयर ६३.६५ भारुमा खुलेकाे भएको थियो । तर कम्पनीको शेयर अचानक रकेटको गतिमा बढ्यो ।

शेयर वृद्धिको असर कम्पनीको बजार पूँजीकरणमा पनि देखिएको छ । कम्पनीको बजार पूँजीकरण बढेर ५ हजार ४० करोड भारतीय रुपैयाँ पुगेको छ ।

आर्थिक संकटसँग संघर्ष गरिरहेको स्पाइसजेटको शेयरमा यो वृद्धिको कारण के हो त ? खासगरी, दुई खबरका कारण यो शेयरमा वृद्धि देखिएको हो।

दुई मध्येको पहिलो खबर एयरलाइन्सले कार्लाइल एभिएसनसँग ऋण पुर्नगठन सम्झौताको घोषणा गरेको छ । यो सम्झौता कुल १३७.६८ मिलियन डलर रहेको छ ।

यस बाहेक स्पाइसजेट प्रोमोटर अजय सिंहले फण्ड जुटाउनका लागि एयरलाइन्समा १० प्रतिशत भन्दा बढीको शेयर बिक्री गर्न सक्ने एक रिपोर्ट सार्वजनिक भएकाे छ ।

रिपोर्टका अनुसार यसको उद्देश्यले कैयौं चुनौतीहरुको सामना गरिरहेको कम्पनीको विभिन्न दायित्व पुरा गर्नका लागि रकमको व्यवस्था गर्नु रहेको छ ।

स्पाइसजेटको शेयर बढेका कारण कम्पनीकाे शेयरमूल्य ५२ सातायताकै उच्चस्तरमा पुगेकाे छ । गत एक वर्षमा कम्पनीले ५८ प्रतिशत रिटर्न लगानीकर्ताहरुलाई दिएको छ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।