एलन मस्क विश्वकै पहिलो खर्बपति बन्ने सम्भावना, के गाैतम अडानी पनि बन्दैछन् ?

Sep 09, 2024 05:21 PM Merolagani



विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क सन् २०२७ सम्ममा विश्वकै पहिलो खर्बपति बन्ने सम्भावना रहेकाे छ । अर्बपतिहरूको सम्पत्ति अनुगमन गर्ने संस्था इन्फर्मा कनेक्ट एकेडेमीको प्रतिवेदनले यस्ताे अनुमान गरेकाे हाे । 

एकेडेमीका अनुसार इलेक्ट्रिक कार निर्माण गर्ने कम्पनी टेस्ला, निजी रकेट कम्पनी स्पेसएक्स र सोसल मिडिया प्लाटफर्म एक्स (पहिले ट्विटर)को स्वामित्वमा रहेको मस्कको सम्पत्ति वार्षिक औसत ११० प्रतिशतले बढेको छ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्क २३७ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमा छन्।

खर्बपतिको हैसियत हासिल गर्ने दोस्रो उद्यमी भारतीय व्यापारी गौतम अडानी हुने पनि प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

औद्योगिक समूह अडानी समूहका संस्थापक तथा अध्यक्ष गौतम अडानीको सम्पत्ति वार्षिक औसत १२३ प्रतिशतको दरले बढीरहेको छ । अझै केही वर्ष यही गतिमा वृद्धि भइरह्यो भने २०२८सम्ममा अडानी ट्रिलियनपतिको सूचीमा दोस्रो स्थानमा पर्नेछन् । 

हालसम्म विश्वका ८ वटा कम्पनीले मात्रै ट्रिलियन डलरको बजार पुँजीकरण पार गर्न सफल भएका छन् । यस सूचीमा माइक्रोसफ्ट, एप्पल, एनभिडिया, अल्फाबेट, अमेजन, साउदी आरामको, मेटा र वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवे समावेश छन् ।

सम्भावित अर्बपतिहरूको सूचीमा आश्चर्यजनक रूपमा चिप र सेमीकन्डक्टर दिग्गज एनभिडियाका सीईओ जेन्सेन हुआंगको नाम समावेश छ। उनी विश्वका धनी व्यक्तिको सूचीमा १८औँ स्थानमा छन् र उनको कुल सम्पत्ति ९० अर्ब डलरभन्दा बढी छ। मेटाका सीईओ मार्क जुकरबर्ग पनि सूचीमा परेका छन् र रिपोर्टले संकेत गरेको छ कि जुकरबर्ग ट्रिलियनरको सूचीमा पुग्न ६ वर्ष अर्थात् २०३० सम्म लाग्नेछ ।

यसैबीच, मस्कले हालै नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । अब अमेरिकी राष्ट्रपतिको दौड निकै रोचक हुने भएकाले विश्वका सबैभन्दा धनी व्यक्तिले रिपब्लिकनलाई समर्थन गर्ने घोषणा गरेका छन्।

एजेन्सीकाे सहयाेगमा।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।