टेलिग्रामका सीईओ पावेल दुरोभ ५० लाख यूराे तिरेर जमानतमा रिहा, पहिलाे पटक मुख खाेले

Sep 09, 2024 08:05 PM Merolagani



टेलिग्रामका सीईओ पावेल दुरोभ गत महिना फ्रान्समा पक्राउ परेका थिए। कानून प्रवर्तन एजेन्सीहरूलाई सहयोग नगरेको र आफ्नो प्लाटफर्ममा चलिरहेको अवैध लेनदेनकाे आरोपमा उनी पक्राउ परेका थिए।

टेलिग्राम प्लाटफर्ममाथि राम्रोसँग मध्यस्थता नगरेको आरोप लगाइएको छ। यस प्लाटफर्ममा ड्रग डीलदेखि डाटा चोरी र पोर्नोग्राफीसम्मको सामग्री सार्वजनिक हुने गरेको रिपाेर्टमा उल्लेख गरिएकाे छ। यद्धपी पावेल ५० लाख युरो जमानत तिरेर अहिले रिहा भइसकेका छन्।

रिहाई पछि पहिलो पटक दुराेभले आधिकारिक बयान सार्वजनिक गरेका छन् । उनले एक्समा एक लामाे पाेष्ट गर्दै यस कारवाहीमाथि प्रश्न उठाएका छन् ।

फ्रान्सका अधिकारीहरूले सहयाेग गरे

उनले फ्रान्सका अधिकारीहरूसँग मिलेर हटलाइन सेटअप गरेकाे लगायतका धेरै कुराहरू सार्वजनिक गरेका छन्। उनले फ्रान्सका अधिकारीहरूले आफूलाई सहयाेगको लागि अनुरोध गरेको बताएका छन् । यसैगरी, फ्रान्समा आतंकवादको खतरासँग लड्नका लागि उनले टेलिग्रामसँगै हटमेलकाे स्थापना गरेका थिए ।

पावेल दुरोभले लामो ट्वीट लेखेका छन्, जसमा सबै जानकारी दिइएको छ। उनले माया र साथका लागि सबैलाई धन्यवाद पनि दिएका छन् । ‘गत महिना प्रहरीले पेरिसमा ४ दिनसम्म मसँग सोधपुछ गरेको थियो,’ पावेलले लेखे । 'अन्य व्यक्तिहरूले गरेकाे टेलिग्रामको अवैध प्रयोगका लागि सायद मलाई जिम्मेवार ठहर गरिएको थियो । किनकी फ्रान्सेली अधिकारीहरूले टेलिग्रामबाट कुनै प्रतिक्रिया पाइरहेका छैनन्।'

C5#

पावेलले के लेखे?

उनले आफू अचम्ममा परेको र यसका धेरै कारण रहेको पनि खुलाएका छन् । पावेल दुरोभले आफ्नो ट्वीटमा लेखेका छन्, 'टेलीग्रामको इयूमा आधिकारिक प्रतिनिधित्व छ, जसले इयूका सबै अनुरोधहरूलाई स्वीकार गर्दछ र जवाफ दिन्छ। यसको इमेल ठेगाना सबैका लागि उपलब्ध रहेकाे छ, जुन कसैले पनि खोज्न सक्छ।'

उनले लेखेका छन्, 'फ्रान्सेली अधिकारीहरूले मसँग कैयाैं तरिकाले सम्पर्क गर्न सक्थे र मेरो सहयोग माग्न सक्थे। फ्रान्सेली नागरिकको हैसियतले म दुबईस्थित फ्रान्सेली महावाणिज्य दूतावासमा पाहुनाको रूपमा धेरै पटक गएको छु। धेरै पहिले, जब उनीहरूले मद्दत मागेका थिए, मैले व्यक्तिगत रूपमा टेलिग्रामसँग फ्रान्समा आतंकवादसँग लड्न हटलाइन स्थापना गरेकाे थिएँ।'

दुरोभले थपे, 'यदि कुनै देशमा इन्टरनेटकाे सेवामा समस्या छ भने यसकाे स्थापित गर्ने तरिका सेवा विरुद्ध कानुनी कारबाही गर्ने हो। एक सिइओलाई उसको प्लाटफर्म प्रयोग गरेर 'प्रि-स्मार्टफोन' कानून अन्तर्गत तेस्रो पक्षहरूले गरेको अपराधको लागि चार्ज गर्नु एक सरल दृष्टिकोण हो।'

‘प्रविधि बनाउन यसै पनि कठिन छ। कुनै पनि आविष्कारकको उपकरणको सम्भावित दुरुपयोगको लागि उनीहरू नै व्यक्तिगत रूपमा उत्तरदायी हुन सक्ने अवस्थामा भविष्यमा कुनै पनि आविष्कारकले यस्तो उपकरण सिर्जना गर्नेछैन ।'

एजेन्सी ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।