प्रि ओपन सेसन अपडेटः १४ अंक बढ्यो नेप्से

Dec 01, 2024 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८.३० अंक घटेर २७४८.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.२३ अंक बढेर २७६२.२९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.८० अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ९५ स्टकको २४१ पटकको कारोबारमा १ करोड ४८ लाख ९२ हजार ३९३ रुपैयाँबराबरको २२ हजार ३०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने ४८ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 24, 2024 07:16 AM

पुस ९ गते, मंगलबार, ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।