सुनको मूल्य दोस्रो दिन पनि स्थिर, चाँदीको घट्यो

Feb 03, 2025 10:38 AM Merolagani



माघ २१ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य निरन्तर दुई दिन स्थिर भएको हो । गत शुक्रबार कायम मूल्यलाई नै आधार मानेर आजको बजारमा पनि सुनको खरिदबिक्री हुने भएको हो।

यस दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । सोमबार चाँदी प्रतीतोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ । आईबारको बजारमा एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, ४ जीवन र ५ निर्जीवनले घोषणा गरे लाभांश

Feb 15, 2025 11:03 AM

नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।